आवश्यकता परे पुनर्गठन मात्रै होईन सरकार नै फेरिन्छ :भिम रावल



कैलाली-

कैलाली नेकपाका सुदूरपश्चिम प्रदेश इन्चार्ज एबम पूर्व गृह मन्त्री भीम रावलले सरकार पुनर्गठ्न मात्र नभएर आवाश्यकता र मुल्याङकन अनुसार अनुसार सरकार परिवर्तन हुन सक्ने बताएका छन ।

नेकपाको सुदूरपश्चिम प्रदेश कमिटीले आयोजना गरेको पत्रकार भेटघाटमा उनले एस्तो बताएका हुन ।

नेता रावलले भने ‘सरकारको काम कारबाही, मन्त्रालयगत प्रगति लगायतको समीक्षा र मूल्यांकनका आधारमा सरकार तथा मन्त्रीमण्डल फेरबदल गरिनुपर्छ’, उनले सरकारका राम्रा कामहरु जनतासम्म प्रचार प्रसार गरिनुपर्ने र नराम्रा कामहरुलाई सच्याउन दबाब दिनुपर्नेमा जोड दिए ।

उनले पछिल्लो समय सरकार प्रती जनतको जनगुनासो बढी रहेकोले जनआवाजका आधारमा सरकारले काम गर्नुपर्ने मा जोड दिए ।जनाताको भाबनाको कदर गर्दै गुठी विधेयक फिर्ता लिएको बताउँदै उनले सरकार जहिले पनि जनताका पक्षमा काम गर्न तयार रहेको बताए ।

नेकपाको जिल्ला कमिटिहरुको सपथ ग्रहण गराउन जेठ २५ गतेदेखि प्रदेशमा रहेका नेता रावलले अछाम जिल्लाका आठ वटा स्थानमा जनसभा कार्यक्रमलाई पनि सम्बोधन गरेका थिए ।

पछिल्लो समय नेकपा भित्र सरकार पुनर्गठनको बिशयमा शिर्ष नेताहरु बाटै कुरा उठ्न थालेको छ भने उक्त बिशयले नेकपा भित्र बिबाद बढ्न थालेको छ ।

प्रकाशित मिति : असार १२, २०७६ बिहिबार  ६ : ०३ बजे