सुनको मूल्य स्थिर, आजको मूल्य कति ?



काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य स्थिर रहेको छ । आज मंगलबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य पाँच रुपैयाँ घटेर कारोबार भएको छ । आज चाँदी प्रतितोला एक हजार ८१५ रुपैयाँ कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : असार ११, २०८१ मंगलबार  ११ : २५ बजे