काठमाडौं असार, १५–
काठमाडौं अदालत जिल्ला बार एकाइमा अध्यक्षसहित पूरै प्यानल लोकतान्त्रिक समूहका उम्मेदवार विजयी भएका छन् । नयाँ नेतृत्वका शनिबार ९असार १४० सम्पन्न निर्वाचनबाट लोकतान्त्रिक समूहका उम्मेदवार जगदीश घिमिरे एक हजार तीन मत ल्याई विजयी बनेका हुन् ।
घिमिरेका प्रतिस्पर्धी प्रगतिशील समूहका उम्मेदवार कुमार आचार्यले ११० मत प्राप्त गरेका थिए ।
नवनिर्वाचित उपाध्यक्षमा सुवोधबाबु चिलुवाल, सचिवमा दमनकुमार चन्द, सहसचिवमा लक्ष्मी सापकोटा ९निर्विरोध०, कोषाध्यक्षमा विश्वास आचार्य विजयी बनेका छन् ।
महिला सदस्यमा अञ्जना अर्याल र प्रमिला कायस्था निर्विरोध, खुला सदस्यमा अञ्जन धिताल, दिवाकरराज पाण्डे, ज्ञानेन्द्रप्रसाद दाहाल, राजुकुमार अधिकारी, जयबहादुर भुजेल ९गणेश०, विनु श्रेष्ठ, विश्वरमण सिंह, विष्णुप्रसाद ढकाल, वीरेन्द्र पाठक, वासुदेव रिजाल, डा शिवकुमार यादव र दीपेन्द्र अधिकारी निर्वाचित भएका छन् ।
नेपालकै सबैभन्दा धेरै दुई हजार ६०८ मतदाता रहेको सो बारमा एक हजार १९८ मत मात्र खसेको थियो भने शनिबार ४ बजे मतदान सम्पन्न भएर साँझ ५ः३० देखि मतगणना शुरु भएको थियो ।








