बुटवल-
नेपाली कांग्रेसका पूर्व महामन्त्री एबम नेता प्रकाशमान सिहले नेपाली राजनीतिमा त्याग र निस्ठाको सम्मान हुन छाडेको बताएका छन ।
नेपाली कांग्रेस बुटवल उप महानगर समितिले आज रुपन्देही जिल्ला पार्टी कार्यालयमा आयोजना गरेको लौह पुरुष गणेशमान सिहको अर्धकदको सालिक अनावरण कार्यक्रममा बोल्दै नेता सिहले देस र जनताको हित नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो भनेर राजनीति गर्ने गणेशमान सिह जस्ता नेताहरुको योगदान र उनिहरुले देखाएको बाटोलाई भुल्दा मुलुकको दुरदसा शुरु भएको बताएका हुन्।

कार्यक्रममा बोल्दै नेता सिंहले आफु शक्तिशाली बन्ने धुनमा प्रधानमन्त्री ओलि इतिहासकै सबै भन्दा कमजोर प्रधानमन्त्री बनेको आरोप लगाए ।
सरकारका पछिल्ला रबैयाहरु ठिक नभएको भन्दै नेता सिंहले सरकारले गलत गरे बिरोध गर्न पाउने जनताको अधिकार सरकारले कुण्ठित गर्न खोजेको बताए ।
उनले नागरिकहरुले शान्तिपुर्ण बिरोध प्रदर्शन गर्दा प्रहरिले गरेको धरपकडको पनि कडा आलोचना गरे ।शान्ति सुरक्षा कायम गराउन समेत नसकेकाले सरकार आफ्नै गतिविधिका कारण अलोकप्रिय बनेको नेता सिंहले बताए ।
फरक प्रसङ्गमा बोल्दै नेता सिंहले पार्टी तदर्थवादबाट संचालन गर्ने तयारी भइ रहेको उल्लेख गर्दै तदर्थ वादबाट पार्टी चलाउने र भागबन्डा लगाउने कुरा आफुहरुलाई मान्य नहुने बताए ।उनले मुलुकका सामु आएका चुनौति सामना गर्न पाटि अब तदर्थ वादमा चलिरहदा सम्भव नहुने भएकाले तदर्थबादमा पार्टी चलाएर पार्टिकब्जा गर्न खोज्नेहरुले मुलुक कम्युनिष्टहरुले कब्जा गरिसकेको कुरा ख्याल राख्नु पर्नेमा जोड दिए ।

अब राजनीतिक सहमती भन्दा पनि पार्टी बिधान र नियमावलीको परिधिभित्र बसेर गर्नु पर्ने उनले उल्लेख गरे ।
कार्यक्रम बोल्दै कांग्रेस नेता बालकृष्ण खाणले सरकारको कडा आलोचना गर्दै सरकारका अलोकतान्त्रिक गतिबिधिको बिरुद अब देस भर सान्तिपुर्ण आन्दोलन सुरु गर्ने बताए । उनले बर्तमान सरकार सत्ताको बलमा नागरिक अधिकारलाई कमजोर बनाउने काममा लागेकाले यो सरकारका बिरुदमा आन्दोलनमा जुट्न समेत सबैलाई अपिल गरे ।
कार्यक्रममा कांग्रेस रुपन्देही जिल्ला सभापति अबुदुल रज्जाक र काठमाडौ जिल्ला सभापति सबुझ बानियाँले आ-आफ्ना धारणा राखेका थिए । कार्यक्रम कांग्रेस बुटवल उपमहानगर समितिका सभापति खिलराज पान्डेको सभापतित्वमा सम्पन्न भएको थियो ।








