बिराटनगर-
ईजलास चलिरहेको बेला भिडियो खिचेको बिषयमा भएको बिबादमा न्यायपालिकालाई मुछेको बिषयमा विराटनगर महानगरपालिकाले दुःख व्यक्त गरेको छ । महानगरका प्रमुख भिम पराजुलीले बिज्ञप्तिजारी गरी मुद्धाको सुनवाई भईरहेको बेलामा पक्ष र विपक्ष बिचको बिबादमा न्यायसमितिलाई मुछेर बिबादमा ल्याउने काम भएकोमा दुःख व्यक्त गरिएको हो ।
उजुरीकर्ता विराटनगर १३ कि बिमला न्यौपाने र ताजुल ईस्लामा नमुना आधारभुत विद्यालय(मदरसा) को भवन निर्माण गर्दा संञ्चालक मौलाना सम्सुल हकले न्यौपानेको घरको छज्जी छोएको बिषयलाई लिएर न्यायिक समितिमा छलफल भईरहेको थियो ।
छलफलमा मदरसाका तर्फबाट छलफलमा सहभागि एक व्यक्तीले ईजलास भित्र भिडियो खिचेपछी नगरप्रहरीले भिडियो खिच्न नदिई खिचेको भिडियो डिलीट गर्न लगाएको थियो । विमला न्यौपानेको घरलाई क्षतीपुग्नेगरी मदरसाको छज्जी निकालेको उजुरीकर्ताको आरोप छ । सो मदरसा निर्माणकालागी विराटनगर महानगरपालिकाले २५ लाख रुपैया सहयोग दिएको थियो । सो रकमले मदरसाको सो तला निर्माण भएको हो ।
ईजलास भित्रै न्यायिक समितिका पदाधिकारीहरु माथि मदरसा संञ्चालक मौलाना सम्सुलहकले गालीगलौज गर्नुका साथै न्यायिक समितिका पदाधिकारीहरु माथि अभद्र व्यवाहार गरेका थिए ।
साथै ससामाजिक संञ्जालमा न्यायिक समितिलाई जोडेर तथानाम लेखेकोमा चिन्ता व्यक्त गर्नुका साथै मदरसा संञ्चालक मौलाना सम्सुलहकले न्यायिक समितिमाथि लगाएको आरोप गलत भएको बिज्ञप्तीमा भनिएको छ । तर विज्ञप्तिमा नाम उल्लेख गरिएको छैन । न्यायिक समितिमाथि लगाईएका आरोपहरु तथ्याहिन र तथ्य पुर्ण नरहेको र भ्रम छर्ने किषिमको रहेको महानगरपालिकाले ठहर गरेको महानगरका प्रमुख भिम पराजुलीले उल्लेख गरेको बिज्ञप्तिमा छ ।
बिज्ञप्ति-











