चिनियाँ कम्युनिष्ट पार्टीमा नौ करोड सदस्य, सदस्यहरुको सङ्ख्या बढ्दै



बेइजिङ–

चिनियाँ कम्युनिष्ट पार्टीको संगठन विभागले जनाएअनुसार पार्टीका सदस्यहरुको सङ्ख्या ९ करोड नाघेको छ ।

पार्टी स्थापनाको ९८ वर्ष पुगेको अवसरमा सार्वजनिक गरिएको विवरणमा सन् २०१८ को अन्त्यसम्ममा ४६ लाख प्रारम्भिक कमिटी सदस्य रहेको उल्लेख थियो । सन् २०१८ मा चिनियाँ कम्युनिष्ट पार्टीमा २० लाख नयाँ सदस्य थप गरिएको पार्टीले जनाएको छ जुन अघिल्लो वर्षभन्दा ३९ हजारले बढी हो ।

पार्टीका सदस्यमा नियुक्त गरिएकाहरुमा करिब ४५ प्रतिशत नयाँ सदस्यले उच्च अध्ययन गरेका छन् भने ८० प्रतिशतभन्दा बढी सदस्यहरु ३५ वर्ष वा सोभन्दा कम उमेरका रहेका छन् । चिनियाँ कम्युनिष्ट पार्टीको स्थापना सन् १९२१ मा भएको थियो । चिनियाँ कम्युनिष्ट पार्टीको स्थापना सन् १९२१ मा भएको थियो भने चिनियाँ कम्युनिष्ट पार्टीलाई बिष्वकै सबै भन्दा ठुलो राजनितिक पार्टी माने गरिन्छ ।

प्रकाशित मिति : असार १५, २०७६ आइतबार  २ : ५८ बजे