काठमाडौं । स्थानीय बजारमा सूनको मूल्य तोलामा एक हजार ६०० रुपैयाँले वृद्धि भएको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलाको एक लाख ४४ हजार ३०० रुपैयाँ निर्धारण गरिएको छ ।
बुधबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजार ७०० मा कारोबार भएको थियो ।तेजाबी सुनको मूल्य तोलाको एक लाख ४३ हजार ६०० रुपैयाँ तोकिएको छ ।
चाँदीको मूल्य तोलामा ४० रुपैयाँले बढेको छ । चाँदीको मूल्य तोलाको एक हजार ८६५ रुपैयाँ निर्धारण गरिएको छ ।














