आलोपालोबारे ओलीले मुख खोलेः प्रचण्डको विश्वासमा अध्ययन नै नगरी हस्ताक्षर गरे, पछि बल्ल थाहा पाए



काठमाडौं असार, १७–
प्रधानमन्त्री एवम् अध्यक्ष केपी ओलीले पार्टी एकताका क्रममा भएको आन्तरिक सहमतिपत्रमा अध्ययन नै नगरी हस्ताक्षर गरेको बताएका छन् ।

पार्टी संसदीय दलको सोमबार बसेको बैठकमा सहमतिपत्रबारे सांसदहरुले प्रश्न उठाएपछि अध्यक्ष ओलीले भने, ‘पार्टी हितका निम्ति र कम्युनिस्ट पार्टीलाई बलियो बनाउन मैले जेमा पनि हस्ताक्षर गर्न सक्छु भनेको थिएँ ।

उहाँ (पुष्पकमल दाहाल) ले ल्याउनुभयो, मैले हस्ताक्षर गरिदिएँ । त्यसपछि मात्र मैले अध्ययन गरेको हुँ ।’

सहमति बीचमै सार्वजनिक भएपछि र सहमतिका विषयमा अध्यक्ष दाहालले एक टेलिभिजन अन्तर्वातामै खुलाएपछि नेकपाभित्र विवाद देखिएको थियो । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा  छ ।

प्रकाशित मिति : असार १७, २०७६ मंगलबार  २ : १८ बजे