राष्ट्रियसभामा तीन विधेयक टेबुल



काठमाडौं । आजको राष्ट्रियसभाको बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त तीन विधेयकलाई टेबुल गरिएको छ । राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले ती विेधेयकहरु टेबुल गरेका हुन् ।

आज टेबुल भएका विधेयकमा आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत (तेइसौँ संशोधन), विधेयक २०७६ रहेका छन् ।

बैठकको सुरुवातमै नेपाली काङ्ग्रेस सांसद तारादेवी भट्टले अध्यक्ष गणेश तिमल्सिनासँग समय लिई कञ्चनपुर जिल्लाको पुनर्वास नगरपालिकामा काङ्ग्रेसका कार्यकर्तामाथि हालै भएको सङ्घातिक आक्रमण गर्नेको पहिचान गरी कानूनी कारवाहीको दायरामा ल्याउन सरकारको ध्यानाकर्षण गरेकी थिईन् ।

प्रकाशित मिति : असार १७, २०७६ मंगलबार  ७ : १३ बजे