कलाकार राजकुमार रावको ‘स्त्री २’ फिल्म चर्चामा



काठमाडौँ– बलिउडका स्टारद्वय श्रद्धा कपूर र राजकुमार रावको फिल्म ‘स्त्री २’ यतिबेला चर्चामा छ। फिल्मसँगै यी कलाकारको अभिनयको प्रशंसा पनि दर्शकले गरिरहेका छन्।

अभिनेता राजकुमार अभिनय क्षमताका कारण चर्चिक कलाकार हुन्। अहिले बलिउडमा स्टार राजकुमार निरन्तरको संघर्षबाट बनेका कलाकार हुन्। उनी एकदमै सामान्य पृष्ठभूमिबाट आएका हुन्। एक अन्तर्वार्तामा राजकुमारले मुम्बई आएपछि बाँच्नको लागि निकै संघर्ष गर्नुपरेको बताएका छन्।

सुशान्त सिन्हासँग युट्युब च्यानलमा कुरा गर्दै राजकुमार रावले आफू सन् २००८ मा मुम्बई आएको बताए। तर, सन् २०१० मा ‘लभ सेक्स और धोखा’बाट उनले पहिलो ब्रेक पाएका थिए। उनले भने, ‘एक समय थियो जब मेरो खल्तीमा पैसा थिएन। मलाई याद छ, मेरो बैंक खातामा १८ रुपैयाँ थियो। मेरो साथीको बैंक खातामा २१ रुपैयाँ थियो र हामी सोचिरहेका थियौं कि हाम्रो अर्को खाना कसरी हुन्छ ?’

राजकुमार रावले ‘लभ सेक्स और धोखा’ अघि धेरै अडिसन दिए। तर कतै पनि चयन भएनन्। पहिलो फिल्मबाट उनले ११ हजार रुपैयाँ मात्र पाए, जुन केही दिनमै सकियो।
राजकुमार राव अन्तिम पटक फिल्म ‘श्रीकान्त एण्ड मिसेस माही’मा देखिएका थिए। श्रद्धा कपूर पछिल्लो पटक रणवीर कपूरसँग फिल्म ‘तू झुठी मैं मक्कर’मा देखिएकी थिइन्।

प्रकाशित मिति : श्रावण ३२, २०८१ शुक्रबार  ११ : १२ बजे