आलिसानमा धिरज राईले दर्शक नचाउदै



काठमाडौंँ । लोकप्रिय गायक धिरज राईले काठमाडौंँका दर्शक नचाउँने भएका छन् । आज शनिबार आयोजना हुने ‘धिरज राई लाइभ वीथ जात्रा ब्याण्ड’ कार्यक्रममा उनले ‘लुकी लुकी’, ‘साई ढोले सोई’ लगायत आफ्ना आधा दर्जनबढी लोकप्रिय गीतसंगीत प्रस्तुत गर्नेछन् ।

 आलिसान लन्च एण्ड क्लबको आयोजनामा आलिसान लन्च एण्ड क्लब हात्तिसारमा आयोजना हुने कार्यक्रममा गायिका तथा मोडल रमिता भण्डारीको समेत विषेश प्रस्तुति रहनेछ । कार्यक्रम होष्टको रुपमा एनी कुवँर रहेकी छन् । कार्यक्रममा जात्रा ब्याण्डको समेत विशेष प्रस्तुति रहनेछ ।

कार्यक्रम मार्फत राजधानीका दर्शकसँग जोडीन नपाएको धेरै भएकोले पनि आफु कार्यक्रम देखिन लागेको गायक राइले बताए ।

कार्यक्रममा सुशिल नेपाल, चेतन सापकोटा, भ्वाई अफ नेपालका निर्देशक लक्ष्मण पौडेल लगायतको पनि सहभागीता रहनेछ ।गायक धिरज राईको कार्यक्रमले काठमाडाँैका दर्शकलाई खुसी दिने बिश्वास आफुले लिएको आयोजक नेपाल मोडलिङ संघका प्रवत्ता प्रवेश गिरीले बताए ।

प्रकाशित मिति : भाद्र ८, २०८१ शनिबार  ७ : ५८ बजे