सुनको मूल्य हालसम्मकै उच्च,तोलामा कति पूग्यो ?



काठमाडौं ।स्थानिया बजारमा सुनको मूल्यले दैनिक नयाँ रेकर्ड बनाइरहेको छ । बिहीबार छापावाल सुन प्रतितोला एक लाख ६० हजार ७०० रुपैयाँमा कारोबार भएर बुधबारको रेकर्ड तोडेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको हो ।

चाँदीको मूल्य भने स्थिर छ । चाँदी प्रतितोला एक हजार ९५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : आश्विन १०, २०८१ बिहीबार  ११ : ०६ बजे