बाढी प्रभाबित बिधार्थिहरुलाई परिक्षा फारम भर्ने समय थप गर्न नेविसंघको माग



काठ्माण्डौ-

नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघले त्रीभुवन बीश्वबिधालय परिक्षा नियन्त्रण कार्यलयका नियन्त्रकलाई ज्ञापनपत्र बुझाएको छ ।

लगातारको बर्षा पछी देशको पहाडी एवम तराई क्षेत्रमा गएको बाढी पहिरो तथा डुबान लगायतका प्राकृतिक बिपतको कारण परिक्षा नियन्त्रण कार्यलयद्वारा तोकिएको बिभिन्न संकायको परिक्षा आबेदन फारमको निर्धारित मितिमा प्रभावित क्षेत्रका बिधार्थीहरुले फारम भर्न सम्भव नभएकोले बाढी प्रभाबित क्षेत्रका बिधार्थीहरुलाई पुन म्याद थप गर्न माग गर्दै नेविसंघले त्रीबी परिक्षा नियन्त्रण कार्यलयका नियन्त्रकलाई ज्ञापन पत्र बुझाएको हो ।

नेविसंघ निबर्तमान उपाध्यक्ष सागर परियार लगायतका बिधार्थी नेताहरुले ज्ञापनपत्र बुझाउदै बिधार्थिहरुलाई परेको समस्या त्रीबीले बुझ्नुपर्ने बताए ।

प्रकाशित मिति : श्रावण १, २०७६ बुधबार  १२ : २१ बजे