काठ्माण्डौ-
कांग्रेस नेता धनराज गुरुङले बर्तमान सरकार र सरकारका मन्त्रीहरु आफै सामन्तबादको प्रतिक भएको बताएका छन । नेता गुरुङले जनता बिर्सेर आफ्नो सुख सुबिधामा मात्रै ध्यान दिनु सामन्तबादी चिन्तन हो भनेका छन ।
न्यू सञ्चारसग कुरा गर्दै नेता गुरुङले जनता डुबान र बाढी पहिरोले पिडित हुँदा सरकारले बेवास्ता गरेको आरोप लगाए ।
नेता गुरुङले स्विमिङ पुल सहितको मन्त्री निवास बनाउने सरकारी तयारी प्रती सामाजिक सञ्जाल मार्फत पनि आक्रोश ब्यक्त गरेका छन ।
उनले सामाजिक सञ्जाल ट्विटरमा डुवानमा परेका जनतालाई सुरक्षित बासको चिन्ता, सरकारलाई भने स्विमिङ पुल सहितको मन्त्रीहरुकै निवास बनाउने चिन्ता भन्दै सरकारप्रती आक्रोशपुर्ण प्रतिक्रीया ब्यक्त गरेका छन ।
डुवानमा परेका जनतालाई सुरक्षित बासको चिन्ता, सरकारलाई भने स्विमिङ पुल सहितको मन्त्रीहरुकै निवास बनाउने चिन्ता। सामन्तवाद ढोल पिटेर आउँदैन, शासकहरुको व्यवहारले देखाउँछ।@hello_sarkar
— Dhan Raj Gurung (@dhanrgrg) July 19, 2019














