एमालेलाई दान दिएको जग्गा विवादको रिट न्यायाधीश सुवेदीको इजलासमा



काठमाडौं । नेकपा एमालेको केन्द्रीय कार्यालय निर्माण गर्न जग्गा दिने व्यवसायी मीनबहादुर गुरुङ र लिने एमालेविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएको रिटमा आज सुनुवाइ हुँदैछ।

सो रिट सर्वोच्चका न्यायाधीश नहकुल सुवेदीको एकल इजलासमा पेशी तोकिएको छ ।अधिवक्ता ज्ञानबहादुर बस्नेतले दायर गरेको रिटमा बिहीबार पहिलो सुनुवाइ हुन लागेको हो ।

यसअघि उक्त रिट दरपिठ भएको थियो । भाटभटेनी डिपार्टमेन्ट स्टोरका मालिक मीनबहादुर गुरुङले दानमा दिएको दाबी गरिएको उक्त जग्गा लिनु र कुनै दलको पार्टी कार्यालय खोल्नु भ्रष्टाचार हुने दाबीसहित अधिवक्ता ज्ञानबहादुर बस्नेतले सर्वोच्च अदालतमा बुधवार रिट दायर गरेका थिए ।

यसअघि सर्वोच्चका रजिस्ट्रार भद्रकाली पोखरेलले गरेको दरपिठ न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले बदर गर्दै उक्त रिट दर्ता गर्न आदेश दिएको थियो ।

प्रकाशित मिति : कार्तिक ८, २०८१ बिहीबार  ११ : २२ बजे