कम्युनिष्टहरुले नेपालमा राजनितिक ,आर्थीक र सांस्कृतिक अराजकता निम्त्याए : काङ्ग्रेस वरिष्ठ नेता पौडेल 



हेटौँडा –

काङ्ग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले  कम्युनिष्टहरुले नेपालामा राजनितिक , आर्थीक र सांस्कृतिक अराजकता निम्त्याइ रहेको बताएका छन ।

वरिष्ठ नेता पौडेलले कम्युनिष्टहरुले नेपालमा झुटको खेती गरिरहेको प्रती जनतालाई सचेत गराउनुपर्नेमा जोड दिदै विश्वेश्वरप्रसाद कोइरालाको ३७औँ स्मृति दिवसका अवसरमा हेटौँडामा आयोजित कार्यक्रममा नेता पौडेलले कहिले राष्ट्रबादका नाममा,कहिले बर्गका नमामा र कहिले जात जातिका नाममा नेपालका कम्युनिष्टहरूले झुटको खेती गरिरहेको टिप्पणी गरेका हुन ।

नेता पौडेलले सरकारको ध्यान भ्रष्टाचारमा केन्द्रीत रहेको आरोप लगाउदै सरकार र सरकार सञ्चालन गरिरहेको नेकपाका कार्यकर्ताहरु कमाउ धन्दामा लागेको आरोप लगाए ।

बिपीको आदर्शलाई आत्मसात् गर्न सकेमा मात्र पार्टी बलियो हुने र आफ्नो गल्ती स्वीकार गर्न सकेमा मात्र बिपीको अनुयायी भन्न सुहाउने उल्लेख गर्दै नेता पौडेलको पार्टी प्रती जनताको भरोषा कायम हुने गरी काम गर्नुपर्नेमा बताए ।

वरिष्ठ नेता पौडेलले पार्टिको बिचार प्रती निष्ठावान भएर गुट केन्द्रीत भ न्दा जनाताको पक्षमा काम गर्न पनि सबैलाई आग्रह गरे ।

 

प्रकाशित मिति : श्रावण ७, २०७६ मंगलबार  ६ : १४ बजे