भारतिय गुप्तचर प्रमुखको नेपालमा सक्रीयता प्रती नेकपा नेता भिम रावलको आपत्ती



नेपालमा भारतीय गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसिस विङ ‘रअ’ का प्रमुख समान्तकुमार गोयलको सक्रियताप्रति सत्तारुढ नेकपाका नेता भिम रावलले आपत्ति जनाएका छन्।

मंगलबार सामाजिक सञ्जाल ट्विटरमा प्रतिकृया ब्यक्त गर्दै नेता रावलले  नाम उल्लेख नगरी भारतीय दूतावासको सक्रियताप्रति आपत्ति जनाएका हुन्।

दूतावासले सांसद, पत्रकार र नेतालाई बोलाएर अर्ती दिनु कूटनीतिक मर्यादा विपरित भएको उनको भनाइ छ। उनले यस्ता गतिविधि रोकनुपर्ने उल्लेख गरेका छन्।

‘कुनै देशको दूतावासले सांसद, पत्रकार र नेताहरूलाई बोलाएर अर्ती दिने कूटनीतिक मर्यादा विपरीतका गतिविधि अब रोकिनु पर्छ’, रावलले ट्विटमा लेखेका छन्।

हिजो मात्रै रअ प्रमुख गोयलसहितका केही उच्च सुरक्षा अधिकारी सहितको उपस्थितिमा   भारतीय दूतावासले जलपानका लागि नेता, सांसद र पत्रकारलाई निम्ता गरेको थियो।

प्रकाशित मिति : श्रावण ७, २०७६ मंगलबार  ९ : ३५ बजे