लहान– लहान नगरपालिकाले बजार अनुगमनलाई तीब्र बनाएको छ।
यसक्रममा सोमबार उपप्रमुख रामचलितर महतोको संयोजकत्वमा बजार अनुगमन गरिएको छ।
अनुगमनका क्रममा खसीको भनेर बाख्राको मासु बेच्ने सञ्चालकलाई रु पाँच हजार जरिवाना गरिइएको छ। यसैगरी ग्राहकको भीडभाड हुने लहान बर्गर हाउसले खानेतेल गुणस्तरहीन प्रयोग गरेको भनी रु ११ हजार जरिवान गरिएको उपप्रमुख महतोले जानकारी दिए।
अनुगमन टोलीमा इलाका प्रशासन, घरेलु, प्रहरी, पत्रकारलगायतको सहभागिता थियो । उपभोक्ताबाट बजारमा ठगी भइरहेको भन्ने गुनासोपछि बजार अनुगमन गरेको र अनुगमनलाई निरन्तरता दिने उपप्रमुख महतोले बताए।
अनुगमनका क्रममा केही पसललाई सचेत गराइएको नगरपालिकाले जनाएको छ।