राष्ट्र बैङ्कद्वारा नयाँ मौद्रीक निती सार्बजनिक



काठमाडौं-

बुधबार होटल र्‍याडिसनमा आयोजित एक कार्यक्रमका बीच नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७६७७ का लागि मौद्रिक नीति सार्वजनिक गरेको छ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् यसअघि १ करोड रुपैयाँको ऋणमा मात्रै स्थायी लेखा नम्बर उल्लेख गर्नुपर्ने व्यवस्था रहेकोमा यस्तो सीमा घटाएर ५० लाख रुपैयाँभन्दा बढी ऋण लिन स्थायी लेखा नम्बर अनिवार्य रुपमा उल्लेख गर्नुपर्ने व्यवस्था गरेको छ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् यसअघि १ करोड रुपैयाँको ऋणमा मात्रै स्थायी लेखा नम्बर उल्लेख गर्नुपर्ने व्यवस्था रहेकोमा यस्तो सीमा घटाइएको हो।

राष्ट्र बैंकले चालु आर्थिक वर्षमा निजी क्षेत्रतर्फको कर्जा २१ प्रतिशतले बढाउने लक्ष्य राखेको छ। चालु आर्थिक वर्षमा २० प्रतिशतको सीमा राखिएको यस्तो कर्जा आगामी वर्ष १ प्रतिशत विन्दूले बढाउने लक्ष्य राष्ट्र बैंकले राखेको छ।

राष्ट्र बैंकले साधारण पुनर्कर्जाको दरलाई एक प्रतिशत विन्दूले घटाएको छ। गत आर्थिक वर्षमा ४ प्रतिशत रहेको पुनर्कर्जाको दरलाई यस वर्ष ३ प्रतिशतमा झारिएको छ।

प्रकाशित मिति : श्रावण ८, २०७६ बुधबार  २ : ३६ बजे