नेकपा स्कुल बिभागको बिबाद झन बल्झियो ,बस्नै सकेन सचिबालय बैठक



काठ्माण्डौ-

बिहिबारका लागी बोलाईएको नेकपा सचिवालय बैठक आजपनि स्थगित भएको छ। गत मंगलबार बस्ने भनिएको सचिवालय बैठक पार्टिको बिचार पाठशाला मानिने स्कूल विभागको नेतृत्वको जिम्मेवारी कसले लिने भन्ने बिबाद बढ्दै गएपछी लगातार सर्दै आइरहेको छ ।

शुरुमा स्कुल बिभागको जिम्मेवारी ईश्वर पोखरेलाई कि नारायणकाजी श्रेष्ठलाई भन्ने विवाद भए पनि हाल उक्त बिभागको जिम्मेवारिमा वरिष्ठ नेता झलनाथ खनाल र स्थायी समिति सदस्य घनश्याम भुषालले समेत दाबी गरेपछी बिबाद झन जटिल बन्दै गएको नेकपाका एक नेताले बताए ।

स्कूल विभाग दाबी गर्ने नेता हरु मध्य पनि पूर्व एमालेका इश्वर पोखरेल र पूर्व माओवादीका नारायणकाजी श्रेष्ठबीच नै प्रमुख दाबी रहेको बुझिएको छ। हिजो दिनभर र आज पनि दुवैबीच सहमतिको प्रयास जारी रहेपनि दुवैले अडान नछाड्दा सचिवालय बैठकसमेत बस्न नसकेका हो ।

पोखरेल र श्रेष्ठबीचको झगडाले पार्टीलाई नै खल्बलाउने स्थिति देखा परेको नेकपा श्रोतले दाबी गरेको छ।

पूर्व माओबादी पक्ष जनताको जनवादलाई टेकेर पार्टी अघि बढ्नु पर्ने भन्ने अडानमा छन भने पूर्व एमाले पक्षधर भने  नेता मदन भण्डारीको   सिद्धान्त ‘जनता को बहुदलीय जनवाद’का पक्षमा उभिएका छन्।

गत आइतबार बसेको सचिवालय बैठकमा पनि यसै विषयमा विवाद भएपछि इन्चार्ज र सह इन्चार्जलाई मात्रै टुंग्याइएको थियो । इन्चार्ज र सहइन्चार्जका विषयमा पनि दुवै पूर्व दलका नेताबीच व्यापक असन्तुष्टि छ।

यो पनि पढ्नुहोस्-

नेकपामा पूर्व एमाले र पूर्व माओबादी पक्ष आ-आफ्नै बैचारिक अडानमा,बिबाद बढेपछी सर्यो सचिवालय बैठक

प्रकाशित मिति : श्रावण ९, २०७६ बिहीबार  ७ : ५६ बजे