रवि लामिछानेलाई कास्की अदालतमा पेस गरियो



पोखरा । (रास्वपा) सभापति रवि लामिछानेलाई आज कास्की अदालतमा लगिएको छ । अनुसन्धानका लागि अदालतले पछिल्लो पटक दिएको म्याद सकिएपछि पुन म्याद थपको लागि अदालत पेस गरिएको हो ।

आज जिल्ला प्रहरी कार्यालय कास्कीले लामिछानेलाई चौथो पटक म्याद थपका लागि अदालत पेश गरिएको हो।उनीविरुद्ध सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधको समेत मुद्दा छ ।

रविलाई कार्तिक २ गते काठमाडौँको वनस्थलीस्थित रास्वपाको कार्यालयबाट पक्राउ गरिएको थियो।

प्रकाशित मिति : कार्तिक २५, २०८१ आईतबार  १० : ३१ बजे