साउन १२, आइतवार, काठ्माण्डौ-
गत असार २२ गतेदेखि शुरु भएको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा जारी रहेको छ ।
आजको बैठकमा केन्द्रीय सदस्यहरु- प्रकाशमान सिंह, डा . रामशरण महत, बलबहादुर के .सी . , महेश आचार्य, नरहरि आचार्य, बालकृष्ण खाण, रमेश रिजाल, डा . नारायण खड्का, उमाकान्त चौधरी, महालक्ष्मी उपाध्याय ‘डिना’, आनन्दप्रसाद ढुंगाना, अजयकुमार चौरसिया, अम्बिका बस्नेत, पुष्पा भुसाल, ईश्वरी न्यौपाने, हृदयराम थानी, डा . डिला संग्रौला, सरिता प्रसाई, अतहर कमाल मुसलमान र आमन्त्रित केन्द्रीय सदस्य बालकृष्ण पाण्डेयले आ–आफ्नो धारणा राखेका थिए ।
बैठकमा बोल्ने धेरै केन्द्रीय सदस्यहरुले पार्टीको १४ औँ महाधिवेशनको मिति निर्धारण गरी अघि बढ्न नेतृत्वलाई दबाब दिएका छन् ।
केन्द्रीय समिति बैठकमा पेश भएका १४ वटा एजेण्डा मध्ये पार्टीको महाधिवेशनको विषय प्राथमिकताका साथ छलफल हुदै आएको छ ।
केन्द्रीय कार्यसमितिको बैठक २०७६ श्रावण १३ गते सोमबार दिउँसो २ बजे पुनः बस्ने पार्टिका मुख्य सचिब कृष्ण पौडेलद्वारा जारी बिज्ञप्तिमा जनाइएको छ ।
तेस्तै आजको केन्द्रीय समिति बैठकले नेपाली कांग्र्रेस डोटीका पूर्व महाधिवेशन प्रतिनिधि, जिविसका पूर्व सदस्य एवं नेपाल किसान संघका केन्द्रीय सदस्य ५६ वर्षीय दुर्गाप्रसाद फुलाराको श्रावण ११ गते, नेपाली कांग्रेस जिल्ला कार्यसमिति पर्वतका सचिव युक्तप्रसाद श्रेष्ठको आज श्रावण १२ गते र धनुषा जिल्ला मिथिला नगरपालिका वडा नं . ४ का वुथ प्रतिनिधि रामशरण महतोको श्रावण ३ गते भएको निधनप्रति दुःख व्यक्त गर्दै शोकाकुल परिवारजनमा समबेदना प्रकट गरेको छ ।










