काठमाडौं । धितोपत्र दोस्रो बजार मापक सेयर बजारको परिसूचक नेप्स सोमबार १५.८३ अंकले बढेको छ । नेप्से परिसूचक ०.५९ प्रतिशतले वृद्धि भएर २६८३.३४ विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।
कारोबार रकम भने घटेको छ । अघिल्लो दिन ७ अर्ब ७२ करोडको कारोबार भएकोमा आज ६ अर्ब ३४ करोडको कारोबार भयो । कुल १६९ कम्पनीको मूल्य बढ्दा ६७ को घट्यो भने ९ को स्थिर रह्यो । फाइनान्स समूहको सूचक सबैभन्दा धेरै २.२७ प्रतिशत बढ्यो । ।
१६९ कम्पनीको सेयर मूल्य बढेको छ भने ६७ कम्पनीको सेयर मूल्य घटेको छ र नौ कम्पनीको सेयर मूल्य स्थिर छ ।










