आइतबार सेयर बजार ४५.९३ अंक घटेर २६८९ बिन्दुमा



काठमाडौँ । आइतबार सेयर बजार सूचक नेप्से ४५.९३ अंक घटेको छ। आज नेप्से २६८९ बिन्दुमा झरेको छ।

बिहीबार ८ अर्ब ३६ करोडको कारोबार भएकोमा आइतबार ७ अर्ब ४६ करोडको भयो।

कुल २७ कम्पनीको मूल्य बढ्दा २१४ को घटेको छ भने ३ को स्थिर रह्यो।

सबै सेक्टरका सूचक घटेका छन्। लाइफ इन्स्योरेन्स सबैभन्दा धेरै ३.०७ प्रतिशत घट्यो।

बैंकिङ १.८६, विकास बैंक १.०४, फाइनान्स १.८४, होटल तथा पर्यटन १.८१, हाइड्रोपावर १.९८, लगानी १.३३, उत्पादन ०.३२, माइक्रोफाइनान्स १.५०, निर्जीवन बीमा ०.८३, अन्य ०.८१ तथा व्यापार समूह २.१३ प्रतिशत घटे।

खानीखोला हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो। दोल्ती पावरको ८.७७, स्वाभिमान लघुवित्तको ७.८९, मोलुङ हाइड्रोपावरको ६.५ प्रतिशत मूल्य बढ्यो।

मानुसी लघुवित्त, लाइफ इन्स्योरेन्स कर्पोरेसन, जोशी हाइड्रोपावर र सामुदायिक लघुवित्तको मूल्य १० प्रतिशत घट्यो। दिव्यश्वरी हाइड्रोको ७, सुपरमादी हाइड्रोपावरको ६.८८ तथा सान्जेन जलविद्युत्को ६.६८ प्रतिशत मूल्य घट्यो।

प्रकाशित मिति : मंसिर २३, २०८१ आईतबार  ३ : ३५ बजे