मेची महाकाली उल्टो साइकल यात्रीको नयाँ गीत सार्वजनिक



काठमाडौं । केही समय अघि बर्दिवास नगरको गीत गाएर चर्चामा आएका जे.वि। पोखरेल (जिवनाथ) तिमी त मेरो ह्याप्पी हर्मोनु आफ्नो दोस्रो गीत सार्वजनिक गरि पुनः दर्शक श्रोतामाझ आएका छन् ।

स्वर, शब्द र सङ्गीत पोखरेलकै रहेको यस गीतमा उनलाई स्वरमा महिला तर्फ रिता केसीले साथ दिएकी छिन् ।

उल्टो त्यो पनि पृथक साइकल सवार गरी तयार पारिएको तिमी त मेरो ह्याप्पी हर्मोनु गीतको भिडियो भर्खरै मात्र इक्च् म्ष्नष्तब र बर्दिवास मिडिया हाउसु मार्फत सार्वजनिक गरिएको छ ।

१८ वर्ष अघि पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म उल्टो साइकल हाँकेर उल्टो साइकल यात्रीु को रुपमा नाम राखेका गायक पोखरेलले यस गीतको सम्पूर्ण छायाङ्कन बर्दिवास नगरभित्र नै गरेका हुन् । गीतको भिडियोमा पोखरेललाई शिक्षिका सुधा गौतमले अभिनयमा साथ दिएकी छिन् ।

पोखरेल स्वयंले निर्देशन गरेको उक्त गीत यतिखेर सम्पूर्ण बर्दिवास वासी लगाएत नेपालीहरूको मन मुटुमा बस्न सफल भएको छ । स्वास्थ्यकर्मी पनि रहेका पोखरेलले दुई दर्जनभन्दा बढी गीतहरू रेकर्ड गराइसकेका छन् ।

उक्त गीत हेर्नको लागि तलको लिङ्कमा क्लिक गर्नुहोला ।

प्रकाशित मिति : मंसिर २६, २०८१ बुधबार  ११ : २३ बजे