तनहु-
युवा जागरण अभियानले तनहु जिल्लाकाे भानु नगरपालिका वडा नं.१३ टुटेपानिमा किसानहरूलाई कफि बिरुवा बितरण गरेकाे छ । टुटेपानि हाेमस्टेमा एक कार्यक्रम मार्फत युवा जागरण अभियानले कफिकाे बिरुवा स्थानिय किसानहरुलाई हस्थान्तरण गरेकाे हाे ।
कार्यक्रममा ने .बि .संघ निबर्तमान केन्द्रीय उपाध्यक्ष एबं युवा जागरण अभियानका केन्द्रिय उपाध्यक्ष प्रकास राना, निबर्तमान केन्दिय सदस्य एबं जागरण अभियानका अभियान्ताहरु सुशील तिमल्सेना,एलिजा ढकाल,ने ।बि ।संघ तनहु काठमाडाै सम्पर्क समिति अध्यक्ष प्रबिन कैनि,ने .बि .संघ नेता ई .भुवन भट्ट र भानु-१३ का वडा अध्यक्ष राम बहादुर बानिया,टुटेपानि हाेमस्टे ब्यबस्थापन समितिका अध्यक्ष क्याप्टेन हाेम बहादुर गुरुङ,टुटेपानि टाेलसुधार समितिका अध्यक्ष,टुटेपानि अामा समूह अध्यक्ष नन्दा गुरुङ लगायत स्थानिय किसानहरुकाे सहभागिता रहेकाे थियाे ।
सामाजिक बिकास बाट नै अार्थिक समृद्धि सम्भब छ भन्ने मुल नारा बाेकेर विभिन्न क्षेत्रमा सामाजिक काम गर्दै अाएकाे युवा जागरण अभियानले कृषकहरुकाे अर्थिक बिकास र टुटेपानि क्षेत्रकाे पर्यटकिय बिकासमा टेवा पुगाेस भन्ने हेतुले करिब ६००वटा कफिका बिरुवा स्थानिय किसानहरुलाई बितरण गरिएकाे ने ।बि ।संघ नेता एबं युबा जागरण अभियानका अभियान्ता ई .भुवन भट्टले बताए ।

कार्यक्रममा मन्तब्य राख्दै ने .बि .संघ निबर्तमान उपाध्यक्ष प्रकाश राना र नि .केन्द्रीय सदस्य सुशील तिमल्सेनाले टुटेपानि क्षेत्रमा ब्यबसायिक कफि खेतिकाे बिकास गर्नु जरुरि रहेकाे र यस क्षेत्रलाई अर्गानिक कफि उत्तपादन हुने प्रसिद्ध ठाउकाे रुपमा बिकास गर्दै बिदेशी पर्यटकहरुकाे गन्तव्यका रुपमा बिकास गर्न सकिने भएकाले युवा जागरण अभियानले कफिकाे बिरुवा बितरण गरेकाे र स्थानिय किसानहरुले बिरुवाकाे सहि सदुपयाेग गर्न जिम्मेवार हुँदै मेहेनत गर्नु पर्ने बताए ।
कृषि क्रान्ति मार्फत गाउकाे बिकास सम्भब भएकाे र ब्यबसायिक कृषि मार्फत समाजकाे अार्थिक बिकास गर्न सकिने भएकाेले अगामि दिनमा कफि खेति बिकासका लागि युबा जागरण अभियानले बिज्ञहरु द्वारा यस क्षेत्रमा थप तालिमकाे ब्यबस्था गर्ने र कफि खेति बिकासमा थप सहयाेग पुर्याउने प्रतिबद्धता सहितकाे सन्देश युबा जागरण अभियानका संयाेजक ई . चिन्तन पाैडेलले स्थानियलाई पठाएकाे ने .बि .संघ नेता भट्टले कार्यक्रममा बताए ।
कार्यक्रममा बाेल्दै भानु-१३का अध्यक्ष र टुटेपानि हामस्टे ब्यबस्थापन समिती अध्यक्षले युवा जागरण अभियानका संयाेजक चिन्तन पाैडेलकाे अथक प्रयासमा कफि बिरुवा बितरण गर्न अाएकाे उपाध्यक्ष रानाकाे टिमलाई धन्यबाद ब्यक्त गर्दै अभियानकाे सामाजिक कार्यकाे प्रशंसा गरेका थिए । भानु-१३का अध्यक्षले स्थानिय सरकार समेत टुटेपानि क्षेत्रमा ब्यबसायिक कफि खेति बिकासमा सहयाेगि रहने प्रतिवद्वता समेत ब्यक्त गरेका थिए ।










