काठमाडौं–
सोमबार संसद भवन नयाँ बानेश्वरमा बसेको सर्वदलीय बैठकमा सहमती जुटे पछी प्रतिनिधिसभाको केही समययता जारी गतिरोध अन्त्य हुने भएको छ ।
बैठकले पुन गतिरोध आउन नदिनका लागि संविधान, नियम र स्थापित परम्परा अनुसार आवश्यक अध्ययन गरी सुझाव दिन ७ सदस्यीय विशेष समिति गठन गर्ने सहमति गरेको छ।
समितिमा रहने सांसदहरुको नाम सभामुखज्यूले बैठकबाट पढेर सुनाउने छन्।
सर्लाहीमा प्रहरीबाट मारिएका विप्लव समूहका कुमार पौडेलको घटना सम्बन्धमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने भन्दै कांग्रेस र राजपाले केही समययता संसद बैठक अवरुद्ध गर्दै आएका थिए।
लामो समय प्रतीनिधिशभा अबरुद्द हुँदा सभामुख कृष्ण बहादुर महरामाथी सरकारको अनुकुलतामा मात्रै काम गरेको आरोप लाग्दै आएको थियो ।
यो पनि पढ्नुहोस्-










