बालिकाको बलात्कार आरोपमा एकजनालाई पक्राउ



काठमाडौं । काठमाडौंमा बालिकाको बलात्कार आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चन्द्रागिरि नगरपालिका–१२ स्थित वज्वलेक मेडिसिन प्रालिमा कार्यरत भारतको मोतिहारीका २६ वर्षीय राजु श्रीवास्तव छन् ।

आठ वर्षीया बालिकाको बलात्कार गरेको उनीमाथि आरोप छ । शुक्रबार (हिजो)दिउँसो उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

राजुले ती बालिकाको बलात्कार गरेको भन्ने उजुरीका आधारमा प्रहरी प्रभाग बलम्बुबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो ।

प्रकाशित मिति : पुस १३, २०८१ शनिबार  ६ : ५८ बजे