काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना सभापति रवि लामिछानेलाई अप्ठेरो पार्न सरकारले अध्यादेश ल्याएको आरोप लगाएको छ।
शनिबार बिहानदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा लामिछानेलाई अप्ठेरो पार्नकै लागि सरकारले अध्यादेश जारी गरेको रास्वपाका नेताहरूले आरोप लगाएका हुन्।
‘सहकारी सम्बन्धी अध्यादेश, २०८१ सरकारले अहिले ल्याएको छ। सहकारीको समस्या समाधान गरेर पीडितलाई न्याय दिने र सहकारी ठगलाई कठघरामा उभ्याउने गरी काम गर्नुपर्ने बेलामा अध्यादेशमार्फत सरकारले आफू र आफू नजिककालाई बचाउने र सहकारीलाई अझ धराशायी बनाउने प्रक्रियामा भूमिका खेलेको छ,’ रास्वपाले भनेको छ, ‘रास्वपा सभापतिलाई अप्ठ्यारो पार्ने गरी मात्रै दफा छिराइएको छ।’














