एमाले केन्द्रीय समिति बैठक सूरु



काठमाडौं । नेकपा एमालेको केन्द्रीय समिति बैठक सुरु भएको छ ।

बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन्।

यसअघि प्रतिवेदनमाथि समूहगत छलफल हुने गरेकामा यसपटक भने प्रत्येक केन्द्रीय सदस्यलाई बेग्लाबेग्लै धारणा राख्ने व्यवस्था मिलाइएको छ । प्रत्येक सदस्यलाई ३ मिनेट बोल्ने समय दिईनेछ ।

संसद्को हिउँदे अधिवेशनको पूर्व सन्ध्यामा बस्नको बैठकले संविधान संशोधनलगायतका ‘एजेण्डा’ मा ठोस धारणा तय गर्ने छ ।

प्रकाशित मिति : पुस २१, २०८१ आईतबार  १२ : ३२ बजे