काठमाडौं-
साना तथा मझौला व्यवसायीले सरकारले सुरु गरेको अनिवार्य प्यानलगायतका व्यवस्था तत्काल कार्यान्वयन गर्न नसकिने जनाएका छन्।
साना तथा मझौला व्यवसायी महासंघ नेपालले शनिबार राजधानीमा गरेको कार्यक्रममा व्यवसायीले तत्काल करको दायरमा आउन र मजदुरलाई अनिवार्य प्यान नम्बर लिने व्यवस्था कार्यान्वयन गर्न नसकिने बताएका हुन्।घरेलु उद्योगलाई कर मिनाहा गरिरहेको अवस्थामा सरकारले एकाएक करको दायरामा ल्याउनुको साथै मजदुरलाई अनिवार्य प्यान नम्बर लिनुपर्ने व्यवस्थाले आफुहरु अन्यौलमा परेको बताए।
महासंघकी प्रथम उपाध्य इनु पौडेलले तत्काल उद्योगीलाई करमा जानुपर्ने र मजदुरलाई प्यान नम्बर लिनुपर्ने व्यवस्थाले समग्र उद्योग नै धरापमा पर्ने हो कि भन्ने चिन्ता लागेको बताए।लघु, घरेलु तथा मझौलाको साथै महिलाद्वारा संञ्चालित उद्योग सरकारले कर छुटको व्यवस्था गर्नुपर्ने माग उनले गरेका थिए। उद्योगको विस्तार विना आर्थिक समृद्धि हासिल गर्न नसकिने भन्दै उहाँले फस्टाउँदै गएको उद्योगको वृद्धि विकासमा सरकारको नया कर प्रणालीले नकारात्मक प्रभाव पार्ने दाबी गरे।सरकारले लागु गरेको ऐनरनियम सबैले पालना गर्नुपर्ने भएकाले आफूहरु पनि मान्न तयार रहेको तर कर प्रणाली र प्यानबारे मातहतका उद्योगी र मजदुरलाई आश्वस्त तुल्याउन केही समय दिनुपर्ने तर्क गरे।सकारले साउनदेखि लागू हुने गरी अनिवार्य प्यान नम्बरको व्यवस्था गरेको छ।
मजदुर, कर्मचारी लगायतको मासिक तलब बैंकमार्फत् पठाउने व्यवस्था गर्न पनि भनिएको छ।










