प्रधानमन्त्री ओली सोमबार स्वदेश फर्कने



काठमाडौँ –

स्वास्थ्य परीक्षणका लागि सिंगापुरमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्कने तालिका दुई पटक स्थगित भएको छ । यसअघि गत शुक्रबार नै प्रधानमन्त्री ओली स्वदेश आउने कार्यतालिका रहे पनि उपचार नसकिएका कारण आइतबारसम्मका लागि स्थगित भएको थियो ।

ओलीको स्वदेश फिर्ता हुने तालिका आइतबार पनि रद्द भएको छ । प्रधानमन्त्री ओलीको निजी सचिवालयका अनुसार स्वास्थ्य परीक्षणकाे रिपोर्ट आउन बाँकी रहेकोले ओली आइतबार पनि स्वदेश फर्कने छैनन् ।

अस्पतालले आइतबार साँझसम्ममा रिपोर्ट प्राप्त हुने जानकारी दिएका कारण प्रधानमन्त्री ओली भोलि (सोमबार) स्वदेश फर्कने सम्भावना रहेको सचिवालले जनाएको छ।

प्रकाशित मिति : श्रावण २६, २०७६ आइतबार  ४ : ३९ बजे