काठमाडौं –
नेपाली कांग्रेसका ६१ जिल्ला सभापतिहरुले आगामी महाधिबेशनबाट पार्टिको नेतृत्व परिवर्तन गर्न ऐक्यबद्दता प्रकट गरेका छन ।
काठ्मान्डौको एअरपोर्ट होटलमा भएको छलफल कार्यक्रममा काठ्माण्डौमा उपलब्ध ६१ जिल्ला सभापतिहरुले बर्तमान नेतृत्वबाट जनाताका बिचमा खस्केको पार्टिको साख उठाउन नसकिने निष्कर्ष सहित आगामी महाधिबेशनबाट पार्टिको नेतृत्व परिवर्तन गर्नुपर्ने ऐक्यबद्दता प्रकट गरेका हुन ।

शभापतीहरुको भेलामा कांग्रेस बरीष्ठ नेता रामचन्द्र पौडेल् ,पार्टिका महामन्त्री डा. शशाङ्क कोइराला ,कोषाध्यक्ष सितदेबी यादब् ,र शेखर कोइराला,बलबहादुर के.सी. लगायत ३० जना पार्टी केन्द्रिय सदस्यहरु उपस्थित रहेको नुवाकोट कांग्रेसका शभापती जगदिश्वर नरसिंह केसिले बताए । उक्त भेलामा पार्टिका पूर्व महामन्त्री एबम नेता प्रकाशमान सिंह भने अस्वस्थताका कारण उपस्थित हुन नसकेको नुवाकोट कांग्रेसका शभापती केसिले बताए ।
भेलामा जारी पार्टी केन्द्रिय समिती बैठकले पारित गरेको स्थानीय तह संगठन पुनर्संरचनाको अन्तरिम व्यवस्था निर्देशिका, २०७६ र उक्त निर्देशिका अनुसार पार्टिको स्थानीय तह संगठन पुनर्संरचनाको काम अघी बढाउने बिशयमा छलफल भएको सोलुखुम्बु कांग्रेसका सभापती बिनोद बस्नेतले बताए । जिल्ल शभापतिहरुले यस अघी देखीनै उठाउदै आएको पार्टिका सबैले वडा तह देखीनै निर्बाचित भएर आउनु पर्ने ब्यबस्था र आरक्षण तर्फ उम्मेदवार बन्नेहरुले एकपटक मात्रै आरक्षणमा उम्मेद्वारी दिन पाउने ब्यबस्थाका लागी पार्टी नेताहरुलाई दबाब दिएको शभापती बस्नेतले बताए ।

भेलामा उपस्थित सबै जिल्लाका सभापतीहरुले आगामी महाधिबेशनबाट पार्टिको नेतृत्व परिवर्तनका पक्षमा आफुहरु रहेको बताएका थिए । जिल्ला शभापतीहरुले पार्टी सभापती देउबा इतरका सबै नेताहरुलाई एक्जुट हुन समेत चर्को दबाब दिएका थिए ।भेलामा बोल्दै नुवाकोट कांग्रेसका शभापती जगदिश्वर नरसिंह के . सि .ले भने -नेताहरुले एम्बिसन होईन मिसन बोक्नु पर्यो र एकजुट हुनुपर्यो । पार्टिलाई समयसान्दर्भिक बनाउन नेतृत्व परिवर्तन आवाश्यक भएको र नेताहरुको एकताले मात्रै नेतृत्व परिवर्तन सम्भब भएकोले नेताहरु एक्जुट हुनुपर्नेमा सभापतीहरुले जोड दिएका थिए ।










