राष्ट्रबादी र क्रान्तिकारी नेताहरु सत्तामा हुँदा पनि भारतसामु टाउको मात्रै हल्लाए : प्रदिप गिरि



काठ्माण्डौ-

काँग्रेस सांसद एबम नेता प्रदीप गिरीले नेपालाले कमजोर कुटनिती जारी राखे भारतले सकेको दिन नेपाललाई सिक्किम बनाईदिने चेतावनी दिएका छन् ।

प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय समितिको बुधबार बसेको बैठकमा  समिति सदस्य समेत रहेका गिरिले भारतले आफ्नो क्षमताले भ्याउने हो भने नेपाललाई सिक्किम बनाइदिने अभिव्यक्ति दिएका हुन्

उनले भाषणले कुटनीतिक समस्या समाधान नहुनेतर्फ सचेत गराउदै समयमै कुटनीतिक सक्षमता देखाउन सरकारको ध्यानाकर्षण गराए ।

प्रधानमन्त्री ओलि र नेकपा अध्यक्ष प्रचण्डलाई इंगित गर्दै नेता गिरीले कसै सग नझुक्ने राष्ट्रबादी नेता र नेपाल–भारत सिमानामा काँडेतार लगाएर सुरुङयुद्ध गर्ने उद्घोष गर्ने क्रान्तिकारी नेताहरु सत्तामा रहदा भारतका गतिविधिमा टाउको हल्लाउने काम मात्रै गरेको आरोप लगाए ।

नेताहरुले कुटनीतिलाई चुनाबी भाषण सम्झदा कुटनीतिक विफलता झेल्नु परेको टिप्पणी गरे ।

नेता गिरीले भारतले अन्तर्‍आष्ट्रीय कानुन बिपरित सिमानामा सडक बनाउने तटबन्ध निर्माण गरेर नेपालको तराइ भुभाग डुबानमा पर्ने गरी संरचना बनाउने काम हुँदा सरकारले कुटनितिक पहल गर्न नसकेको टिप्पणी गरे ।

नेकपाका सांसद भीम रावलले नेपालको ६ सय ६ वर्ग किलोमिटर भू–भाग अतिक्रमणमा परेको, ७१ स्थानमा सिमा विवाद देखिएको, दशगजाका विभिन्न स्थानमा भारत तर्फबाट अतिक्रमण गर्ने काम भइरहेको दाबी गर्दै समयमै कुटनीतिक पहल गर्न परराष्ट्र र गृहमन्त्रालयको ध्यानाकर्षण गराए ।

 

प्रकाशित मिति : श्रावण २९, २०७६ बुधबार  २ : ५३ बजे