काठ्माण्डौ-
नेपाली कांग्रेस सोलुखुम्बुका नेता एबम नेपाल उधोग बाणिज्य महासंघका कार्यकारिणी सदस्य प्रकाश सिंह कार्कीले जनता र पार्टिका नेता कार्यकर्ताहरुको भाबना अनुसार सोलुखुम्बु जिल्लामा नेपाली कांग्रेस एक्जुट हुनुपर्ने बताएका छन ।
काठ्माण्डौमा उपलब्ध नेपाली कांग्रेस सोलुखुम्बुका नेता कार्यकर्ताहरुको भेटघाट कार्यक्रममा बोल्दै नेता कार्किले आफै भित्र बिभाजित भएर दुइ तिहाइको कम्युनिष्ट सरकारको मुकिबिला गर्न नसकिने भएकोले आफुले पार्टिका नेताहरु बिच समझादारिको प्रयास थालेको बताएका हुन ।

ढिलो छिटो नेपाली कांग्रेस सोलुखुम्बु एकताबद्द भएरै छड्ने बिष्वास ब्यक्त गर्दै नेता कार्किले त्यसका लागी आफुले प्रयास जारी राख्ने बताए ।
देशमा भएका सबै राजनितिक परिवर्तनको नेतृत्व गरेको शान्ति, सुसाशन र बिकासको मार्गमा देशलाई डोर्याएको र आगामी दिनमा पनि देश र जनता प्रतिको उत्तर्दायित्व बहन गर्नु पर्ने पार्टिका नेताहरुले पार्टी भित्रको आन्तरिक कलहमा बर्षौको समय खेर फाल्नु कुनै दृष्टिकोणबाट पनि उपयुक्त नभएको जिकिर गर्दै नेता कार्किले आपसी मनमुटाब त्यागेर पार्टी एकढिक्का छ भन्ने सन्देश सोलुखुम्बुका जनता र कार्यकर्तालाई दिन ढिला गर्न नहुनेमा जोड दिए ।
आन्तरिक कलह र निषेध सहितको गुटबन्दिबाट दिक्क भएका पार्टिका नेता कार्यकर्ताहरुलाई थप निरास नबनाउनका लागी पार्टी पद्दति भित्रको स्वस्थ प्रतिस्पर्धामा सबैले बिष्वाश गर्नुपर्ने पनि नेता कार्किले बताए ।बिगतका कमी कमजोरी एबम आपसी मनमुटाबलाई बिर्सेर पार्टी एकढिक्का छ भन्ने सन्देश दिन सके मात्रै जिल्लामा पुन कांग्रेसको बर्चस्व कायम गर्न सकिने र स्थानिय लगायत अन्य तह्हरुमा नेपाली कांग्रेसले जिते मात्रै सुशासन र बिकाशले गती लिनेमा नेता कार्किले जोड दिए ।
भेटघाट कार्यक्रम आयोजना गर्नुको उदेश्य नेपाली कांग्रेस सोलुखुम्बुलाई सङ्ठित्, मजबुत्, बिधी र पद्दति प्रती प्रतिबद्द र एक्जुट बनाउनु बाहेक अरु कुनै नरहेको बताउदै नेता कार्किले पार्टी हित बाहेक नेपाली कांग्रेससग आफ्नो कुनै ठुलो निजी स्वार्थ नजोडिएको स्पस्ट पारे ।

प्रतिनिधी सभा र प्रदेश शभाको गत निर्बाचनमा आफु उम्मेदवार हुँदा गरेका प्रतिबद्दता अनुसार काम गर्न आफु तयार रहेको र आगामी दिनमा छिटै सोलुखुम्बु जिल्लाका जनताको घर दैलोमा पुग्ने पनि नेता कार्किले बताए ।
बिगतमा सोलुखुम्बु जिल्ला भरी दर्बिलो पार्टी सङ्गठन रहेको र सबै तह तप्काका निर्बाचनमा बिजयी हुँदै आएको नेपाली कांग्रेस हाल सबै तहका निर्बाचनमा पराजित हुनुका पछाडी पार्टिका नेताहरुले शुरु गरेको निशेधको राजनिती र पार्टीभित्रको आन्तरिक किचलोनै प्रमुख कारण रहेको तथा नेताहरु अझै पनि बिभाजित मानसिकता बोकेर हिडी रहेको गुनासो पार्टीका नेता कार्यकर्ताहरुले गरी रहदा पक्ष बिपक्षमा बाडिएका सबै नेताहरुलाई एक ठाउमा बोलाएर एकता र पार्टिको हितका बिशयमा छलफलका लागी नेता कार्किले आफ्नै प्रयासमा भेटघाट कार्यक्रमको आयोजना गरेका हुन ।








