गढीमाई मन्दिरमा अमर्यादित क्रियाकलाप गर्ने तीन जना पक्राउ



बारा । बारा प्रहरीले धार्मिक स्थलमा उच्छृखलता प्रदर्शन गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ ।

महागढीमाई नगरपालिका वडा नं। ०१ स्थितमा रहेको विश्व प्रसिद गढीमाई मन्दिरमा आएका दर्शनार्थीलाई अमर्यादित क्रियाकलाप गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बाराले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै सो घटनामा संलग्नलाई पक्राउ गरिएको पुष्टि गरेको छ ।

पक्राउ पर्नेमा रौतहटको बृन्दावन नगरपालिका वडा नं। २ बस्ने २३ वर्षीय एजाज अंसारी, महागढीमाई नगरपालिका वडा नं। १ बस्ने १९ वर्षीय अरमान अंसारी र ३६ वर्षीय विधा सागर पटेल रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय बाराका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक ९डीएसपी० प्रकाश सापकोटाका अनुसार सिसिटिभी फुटेजको आधारमा पहिचान गरी तीनै जनालाई पक्राउ गरिएको हो ।

विश्व प्रसिद गढीमाई मन्दिरमा पञ्च वर्षीय मेला चलिरहेको अवस्थामा मन्दिरका दर्शनार्थीले चढाउन ल्याएका परेवा लुट्ने, मन्दिरको घण्टी, पंखा, त्रिशुल, सि।सि। क्यामरा, दान पेटिका र गढीमाई मन्दिरको विवाह मण्डप समेत तोडफोड गरी क्षति पुर्याउने कार्यमा संलग्न रहेको उनले जानकारी दिए ।

प्रहरीलाई समेत डयूटीमा बाधा पारी उच्छृङ्खल क्रियाकलाप गरेको सूचनाका आधारमा सो घटनामा संलग्न भएका व्यक्तिहरुलाई पहिचान गरि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
पक्राउ परेका तीनैजनालाई प्रहरी हिरासतमा राखी घटनाको थप अनुसन्धान भइरहेको बारा प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : माघ १२, २०८१ शनिबार  ७ : ०४ बजे