गाउ गाउ सम्म पक्की सडकहरु बनाऔ : कांग्रेस नेता कार्की



काठमाडौं, भदौ १ –

नेपाली कांग्रेस सोलुखुम्बुका नेता एबम नेपाल उधोग बाणिज्य महासंघका कार्यकारिणी सदस्य प्रकाश सिंह कार्कीले गाउ गाउ सम्मका सडकहरु पक्की बनाउनुपर्ने बताएका छन ।

सोलुखुम्बु जिल्लाको महाकुलुङ गाउपालिकाबाट यसपटक एसइइ पास गरेका बिधार्थिलाई स्वागत र सम्मान गर्न महाकुलुङ सरोकार समाजले काठ्माण्डौमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता कार्किले भरपर्दो सडकले गाउहरुलाई जोड्नसके मात्रै गाउ बस्तीहरुको बिकासको ढोका खुल्ने बताएका हुन । सबै क्षेत्रको बिकाशका लागी सडक आधारभुत आवाश्यकता भएकोले गाउ गाउमा भरपर्दो सडक पुर्याउन सबैले पहल गर्नुपर्ने कार्किले उल्लेख गरे ।

सोलुखुम्बुको महाकुलुङ क्षेत्रको बिकाशका लागी पर्यटनसगै ब्यबसायिक खेतीमा जोड दिनुपर्ने कार्किले उल्लेख गरे ।परम्परागत खेती प्रणालीलाई ब्यबसायिक बनाउन सके किसानहरुको जिबन्स्तर माथी उठ्ने बताउदै नेता कार्किले स्थानिय माटो र हावापानी सुहाउदो ब्यबसायिक खेतीको शुरुवातका लागी थप सरकारी प्रयत्न हुनुपर्नेमा जोड दिए ।

अझै पनि धेरै जनता कृषिपेशामा आशृत रहेकोले ब्यबसायिक कृशि मार्फत किसानहरुको जिबनस्तर माथी उठाउन सके बहुसङ्ख्यक जनतामाथी न्याए पुग्ने कार्किले बताए ।

 

फरक प्रसङ्गमा बोल्दै नेता कार्किले सोलुखुम्बु जिल्लाका स्थानिय तहहरुमा जनप्रतिनिधीहरुले जनभाबना अनुसार काम नगरेको गुनासो आइरहेको उल्लेख गर्दै जनप्रतिनिधीहरुले अर्को पटक पनि फेरी निर्बाचन हुन्छ भन्ने कुरा बिर्सेको बताए ।राजनिती जनताको सेवा भएको बताउदै कार्किले स्थानिय तहको बजेट माथी आखा लगाउने भए ब्यापार ब्याबसायमा लाग्न पनि जनप्रतीनिधीहरुलाई सुझाब दिए ।

नेता कार्किले माहाकुलुङ गाउपालिकाका बिभिन्न बिधालयहाँरुबाट एसइइ पास गरेर उच्च शिक्षा अध्ययन गर्न काठ्माण्डौ आएका बिधार्थिहरुलाई आगामी शैक्षिक भबिष्यको शुभकामना समेत दिए ।

कार्यक्रममा सोलुखुम्बुका प्रदेश सभा सम्सद उत्तम बस्नेत, नेपाली कांग्रेसका नेता भलाकाजी कुलुङ्,सुर्य कुलुङ्, नेकपाका नेताहरु कर्ज्याङ शेर्पा,जुद्द बहादुर कार्कि,लगायत बिभिन्न राजनितिक दलका अन्य नेताहरु,महाकुलुङ क्षेत्रका बुद्दिजिबी लगायत बिधार्थी र अभिभाबकहरुको उपस्थिती थियो ।

 

महाकुलुङ गाउपालिकाबाट यसपटक एसइइ पास गरेर काठ्माण्डौ आएका बिधार्थिहरुलाई महाकुलुङ सरोकार समाजले स्वागत र सम्मानका लागी कार्यक्रमको आयोजना गरेको हो ।

 

 

प्रकाशित मिति : भदौ १, २०७६ आइतबार  ९ : २२ बजे