काठमाडौ-
प्रधानमन्त्री केपी शर्मा ओलीले अर्को निर्वाचनपछि आफू पदमा नरहने बताएका छन्। प्रतिनिधिसभालाई सम्बोधन गर्दै उनले कसैले पनि आगामी निर्वाचनसम्म प्रधानमन्त्री बन्ने दिवास्वप्न नदेख्न सजग गराए।
नेकपाका २ अध्यक्षा बिच आलोपालो प्रधानमन्त्री बन्ने सहमती भएको कुराली नेकपा भित्र बेला बेलामा तरङ्ग ल्याइरहेको बेला प्रधानमन्त्री ओलीले ५ वर्षको कार्यकाल लिएर आएको भन्दै आफू आगामी निर्वाचनसम्म आफू नै प्रधानमन्त्री पदमा रहने स्पष्ट पारेका हुन् ।
आगामी निर्वाचनपछि आफूलाई पदमा बस्नु नरहेको स्पष्ट पारे। उनले प्रधानमन्त्री पदका आकांक्षीहरुतर्फ संकेत गर्दै भने, ‘निर्वाचनसम्म धैर्य गर्न साथीहरुलाई आग्रह गर्छु।ुप्रधानमन्त्री ओलीले केही प्रतिगामी तत्व सडकमा आए भन्दैमा जनताले निर्वाचन गरी सुम्पिएको जिम्मेवारीबाट अहिलेको सरकार नभाग्ने बताए। उनले सरकार डराएको दिवास्वप्न कसैलाई नदेख्नसमेत चेतावनी लिए।
सरकार चुनौतीको पृष्ठभूमिबाट आएको बताउँदै ओलीले भने, ‘कुन शक्तिका कुरा गर्छन् मान्छेहरु, त्यसैलाई जिउँदै हुँदा ठेगान लगाएको हो। अहिले चिहानमा गएको हड्डी फर्काउने परिकल्पना गरेर उफ्रिएको देखिन्छ। बेमौसमका बाजा नबजाऊँ। नपत्याएर सरकारले नटेरेहको हो। पत्याएको दिन संविधान र गणतन्त्रको रक्षका लागि मैदानमा उत्रिन्छ।’
सरकारको सम्पूर्ण प्रयास विकास निर्माणमा भएको पनि उनले बताए।








