नेकपामा माधब नेपालको बरीयता खोसियो : नेता नेपाल आक्रोसित



काठमाडौं –

आइतबार बालुवाटारमा बसेको नेकपाको सचिवालय बैठकले दुइजना अध्यक्षपछिको तेस्रो बरियताक्रममा नेता झलनाथ खनाललाई ल्याउने निर्णय गरेको छ । यो निर्णयसँगै  तेस्रो बरियतामा रहेका माधवकुमार नेपाल चौँथो बरियतामा झरेका छन् ।

शुक्रबार बसेको सचिवालय बैठकमा  नेता बामदेव गौतमलाई उपाध्यक्षमा ल्याउने प्रस्तावसँगै नेता खनालले पनि आफूले तेस्रो बरियतामा पाउनुपर्ने प्रस्ताव राखेका थिए ।पार्टी एकता हुनु भन्दा अघी पनि तत्कालिन एमालेमा अध्यक्ष ओलीपछि नेता खनाल दोस्रो बरियतामा थिए । पार्टी एकता पछी एकीकृत पार्टी बनेपछि उनी चौथो बरियतामा पुगेका थिए ।

सचिवालय बैठकले नेता खनाललाई तेस्रो बरियतामा ल्याउने निर्णय गरेसँगै बरियता घटुवामा परेका नेता नेपालले बैठकमै असन्तुष्टि जनाएका थिए ।

आफ्नो बारीयता घटुवा हुने भएपछि नेता नेपालले युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र भीम रावललाई सचिवालयमा ल्याउनुपर्ने माग गरे पनि बैठकले उनको मागलाई अस्विकार गरेपाछी नेता नेपाल दुइ अध्यक्षप्रती क्रुद्द बनेको बताइएको छ ।

वरिष्ठ नेता नेपालले चौथो बरियतामा झरेपछि बैठकमा  ‘नोट अफ डिसेन्ट’ लेखेका छन् ।

प्रकाशित मिति : भाद्र २, २०७६ सोमबार  ४ : ०८ बजे