काठ्माण्डौ-
नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले चितवन घटनाको सत्यतथ्य छिटो सार्वजनिक गर्न माग गरेका छन् ।
पौडेलले टुइटर मार्फत आफ्नो धारणा राख्दै घटनामा संलग्न जो-कोहीलाई पनि कडा कारबाही होस् तर विभिन्न षडयन्त्र बुनेर निर्दोषलाई फसाउन यो घटनाको प्रयोग भयो भने त्यसले ठूलो दुर्घटना निम्त्याउने टिप्पणी गरेका छन ।
कसैले पनि आफूप्रति विश्वास कायम राख्न नसकेका कारण शङ्काको घेरा बढेको छ।यो घटनाले सरकारी संयन्त्रप्रति थप अविश्वास बढ्ने स्थिति नबनोस् ,नेता पौडेलको टिप्पणिमा उल्लेख छ । पुडासैनी प्रकरणको सत्यतथ्य छिटो सार्वजनिक गरी कानुनी राज्यको प्रत्याभूति गराउन नेता पौडेलले सरकार सग माग गरेका छन ।
चितवन घटनालाई षडयन्त्र बुनेर निर्दोषलाई फसाउन प्रयोग नगरियोस।त्यसले ठूलो दुर्घटना निम्त्याउने छ।कसैले पनि आफूप्रति विश्वास कायम राख्न नसकेका कारण शङ्काको घेरा बढेको छ।यो घटनाले सरकारी संयन्त्रप्रति थप अविश्वास बढ्ने स्थिति नबनोस्।कानुनी राज्यको प्रत्याभूति हुनेगरी छानविन होस।
— Pradip Paudel (@paudelpradipNC) August 19, 2019














