राष्ट्रपति भण्डारी र भारतीय विदेशमन्त्री जयशंकरबिच शीतलनिवासमा भेटवार्ता



काठमाडौँ –

नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री एस जयशंकरले राष्ट्रपति विद्या भण्डारीसँग शीतलनिवासमा भेटवार्ता गरेका छन् ।

बिहीबार बिहान राष्ट्रपति निवासमा भारतीय विदेशमन्त्री जयशंकरले र राष्ट्रपति भण्डारीबिच भेट बार्ता भएको हो । विदेशमन्त्री जयशंकरले बुधबार प्रधानमन्त्री केपी ओलीसँग भेटवार्ता गरेका थिए ।आज उनले विभिन्न राजनीतिक दलका नेताहरुसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

नेपाल भारत संयुक्त आयोगको बैठकमा भाग लिन विदेशमन्त्री जयशंकर बुधबार नेपाल आएका हुन् ।

विदेशमन्त्री जयशंकर आजै भारत फर्कनेकार्यक्रम रहेको छ ।

प्रकाशित मिति : भदौ ५, २०७६ बिहिबार  ५ : ४४ बजे