काठमाडौँ, ५ भदौ –
प्रधानमन्त्री केपी शर्मा ओली उपचारका लागि सिङ्गापुर रहदा ओलीको अनुपस्थितिमा उपप्रधानमन्त्री ईश्वर पोखरेलले प्रधानमन्त्रीको कार्यभार सम्हाल्ने भएका छन ।
राष्ट्रपति भण्डारीले नेपालको संविधानबमोजिम प्रधानमन्त्रीको सिफारिशमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य उपप्रधानमन्त्री पोखरेलले सम्हाल्ने गरी तोकेको राष्ट्रपतिको कार्यालयले आज जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।








