संविधान दिवसमा प्रमुख अतिथि बन्न भारतीय प्रधानमन्त्री मोदीलाई निम्तो



काठ्मण्डौ-

केहि दिन अघिमात्र नेपाल भ्रमणमा आएका भारतका पराराष्ट्र मन्त्री एस जयशंकर मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान दिवसमा प्रमुख अतिथि बन्न भारतीय समकक्षी नरेन्द्र मोदीलाई निम्तो पठाएका छन्।

जानकारीअनुसार बुधबार ओलीले मोदीलाई प्रमुख अतिथि बन्न भारतीय विदेशमन्त्री एस जयशंकरलाई निम्तो पत्र पठाएकाका हुन्।

नेपाल-भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन काठमाडौं आएका जयशंकर बिहीबार भारत फर्किसकेका छन्।

नेपालको संविधान जारी गर्ने बेलामा तत्काल संविधान जारी नगर्न भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीले सन्देश पठाएका थिए।

भारतको आग्रहलाई बेवास्ता गर्दै नेपालका राजनीतिक दलहरूले संविधान जारी गरे। लगत्तै भारतले नेपालमाथि झन्डै ६ महिना नाकाबन्दी लगाएको थियो ।

असोज ३ गते भव्यताका साथ नेपालको चौंथो संविधान दिवस मनाइँदै छ

प्रकाशित मिति : भदौ ६, २०७६ शुक्रबार  ११ : ०१ बजे