काठमाडौं-
थप उपचारका लागि सिंगापुरमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्योपचार सुरु भएको छ।
सिंगापुरको नेसनल युनिर्भरसिटी हस्पिटलमा शुक्रबारदेखि प्लाज्मा फेरेसिस प्रक्रिया सुरु गरिएको प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले जानकारी दिएका छन्। उनले प्रधानमन्त्रीको हालको स्वास्थ्य अवस्था सामान्य रहेको पनि जनाएका छन्।
प्रधानमन्त्रीकी निजी चिकित्सक डा दिव्या सिंह शाहलाई उदृत गर्दै रिमालले प्लाज्मा फेरेसिसको अरु केही पटक गरिने भएकाले प्रधानमन्त्रीको सिंगापुर बसाइ लम्बिने भएको सल्लाहकार रिमालले जानकारी दिएका छन्।
प्रधानमन्त्री ओली थप उपचारका लागि बिहीबार सिंगापुर प्रस्थान गरेका थिए।










