नेकपा सचिवालय बैठक धुम्बराहीमा सुरू



काठ्माण्डौ-

नेकपा को सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बराहीमा सुरू भएको छ। प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीको अनुपस्थितिमा आज पहिलोपटक बैठक बसेको हो। यसअघि बैठकको अध्यक्षता दुवै अध्यक्षले संयुक्त रूपमा गर्दै आएका थिए।

बैठकमा पार्टिका बाकी कार्यविभाजनबारे छलफल गगरिने प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए।

गत बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीको अनुपस्थितिमा पनि प्रचण्डले पार्टी बैठक चलाउन सक्ने र एकताको बाँकी काम पूरा गर्ने निर्णय गरेपछिअध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सचिवालय बैठक डाकेका हुन ।

बैठक बोलाउनु अघी प्रचण्डले राष्ट्रपती बिधा भण्डारी लगायत नेकपाका नेताहरुसग बाक्लो भेटघाट गरेका थिए ।

प्रचण्डको अध्यक्षतामा बस्ने आजको बैठकले केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखापरीक्षण आयोग, निर्वाचन आयोग, राष्ट्रिय परिषद्, केन्द्रीय सल्लाहकार परिषद् र केन्द्रीय जेष्ठ नागरिक मञ्चको टुंगो लगाउने तयारी गरेको छ।

 

प्रकाशित मिति : भाद्र ९, २०७६ सोमबार  ६ : २१ बजे