बारा-
गत चैत १७ गतेको विनाशकारी हावाहुरीका कारण जन धनको क्षति बेहोरेका बारा जिल्लाका हावाहुरी पिडित ३१ परिवारलाई नेपाल तरुण दल केन्द्रीय समितिले हरेक परिवार दश हाजार नगद सहयोग गरेको छ ।

हावाहुरी पिडित परिवारलाई सहयोग गर्ने यस अघी नै सार्बजनिक गरेको प्रतिबद्दता अनुसार तरुण दलले उक्त सहयोग गरेको हो ।तरुण दल बारा जिल्लाले आयोजना गरेको एक कार्यक्रमका बिच तरुण दलका अध्यक्ष जित जङ्ग बस्नेत र कोषाध्यक्ष विध्वान गुरुङले सहयोग रकम हस्तान्तरण गरेका हुन ।
तरुण दल केन्द्रिय समितिले उक्त सहयोग रकम नेपाल तरुण दल अमेरिका शाखाबाट प्राप्त दुइ लाख ,नेपाल तरुण दल दोलखा जिल्ला कार्य समितिबाट प्राप्त एक लाख साठी हजार र अर्घाखाचिका सुरज पोखरेलले दिएको दश हजारबाट जुटाएको हो ।









