काठमाडौँ-
नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापा आफ्नो क्षेत्रको सडक निर्माण मा ढिलाई भएको भन्दै धर्ना बसेका छन । छन् ।सांसद उनको क्षेत्रका स्थानिय सहित ललितपुरस्थीत सडक विभागअगाडि धर्ना बसेका हुन ।
काठमाडौँ क्षेत्र -४ अन्तर्गत कपन र बुढानीलकण्ठ क्षेत्रमा १२ ओटा सडकको ठेक्का लिएको सैलुङ कन्ट्रक्सनले ठेक्का लिएको ९ वर्ष बितिसक्दा पनि सडक नबनाएको विरोधमा धर्ना बस्नु परेको थापाले ब ताएका छन ।धर्नाका सहभागीहरूले ‘सरकारको दुराचार, क्षेत्र ४ मा अत्याचार, सिंहदरबार आराम छ, जनताको दैनिकी हराम छ, सरकार र ठेकेदार क्षतिपूर्तिको हाहाकार’ जस्ता प्लेकार्ड र नारा लगाएका थिए ।
काँग्रेसका सांसद गगन थापाको नेतृत्वमा त्यहाँका उपभोक्ता र स्थानीय सरोकारवालाले सडक निर्माणमा देखिएको ढिलाइ अन्त्य नभए धर्ना बस्ने यस अघी नै चेतावनी दिएका थिए । सांसद थापाले तीन दिन भित्र सडक निर्माण कार्य अघि नबढाए सिंहदरबारमा धर्ना दिने चेतावनी दिएका छन । ।
। त्यस क्षेत्रभित्र अहिले १२ ओटा निर्माणाधीन सडक छन् । अधिकांश सडकको ठेक्का सैलुङ कन्ट्रक्सन कम्पनीले लिएको छ । अझै ३ ओटा सडक अलपत्र छाडेकाले पनि बाध्य भएर विरोध गर्नुपरेका त्यहाँका उपभोक्ताको भनाइ छ ।










