बैतडी-
बैतडीमा दुई दर्जन नेकपा कार्यकर्ताहरु नेपाली कांग्रेसमा प्रबेश गरेका छन । नेपालि कांग्रेस बैतडी र जिपि कोइराला बैतडीको आयोजनामा गोठलापानीमा भएको कार्यक्रममा उनिहरु नेपाली कांग्रेसमा प्रबेश गरेका हुन ।
कांग्रेस प्रबेश गर्नेहरुमा सतारुढ नेकपाका नेता एवं दलित मुक्ती मोर्चाको पूर्व जिल्ला उपाध्यक्ष जयराम लुहार संगै नारायणसिंह मार्कण्ड, धनीराम चुनारा, सरस्वती टमाटा, वकील बोहरा, नमराज बोहरा लगायत दुई दर्जन नेकपा कार्यकर्ताहरु रहेका छन ।

पछिल्लो समय सरकार र नेकपाका गतिबिधीहरु हेर्दा नेकपाका नेताहरुले पार्टिको सैद्दन्तिक धराताल छोडेर भ्रष्टाचार र सुबिधाभोगमा मात्रै तल्लिन रहेको कांग्रेसमा प्रबेश गरेका नेकपा कार्यकर्ताहरुले आरोप लगाएका छन ।
नबा प्रबेशिहरुलाई कांग्रेस केन्द्रिय सदस्य एबम युबा नेता प्रदिप पौडेलले पार्टिको सदस्यता वितरण गर्दै खादा र अबिर लगाएर स्वागत गरेका छन ।
उक्त कार्यक्रमलाई प्रमुख अतिथिको रुपमासम्बोधन गर्दै कांग्रेसका केन्द्रिय सदस्य प्रदीप पौडेलले सरकार गठन भएको १८ महिना बितिसक्दा पनि कुनै नयाँ कामको शुरुवात नगरेको बताए । ‘वर्तमान सरकार झुटा आश्वासन बाड्नमै सीमित छ ।’ नेता पौडेलले भने ‘आश्वासन मात्रै बाँडेर देशमा समृद्धि आउँदैन् । देशमा समृद्धि ल्याउनका लागि सरकारले काम पनि गर्नुपर्छ ,यो सरकारले अहिले सम्म एउटा काम पनि शुरु गर्न सकेको छैन् ।’दुईतिहाईको वर्तमान सरकार भ्रष्टाचारलाई संस्थागत रुपमा संरक्षण गर्न लागेको नेता पौडेलले आरोप लगाए

सुन काण्ड,बालुबटारकाण्ड, वाइडबडी, मेलम्ची, बुढीगण्डकी यी सबै काण्डहरुमा सरकारले भ्रष्टाचारलाई संरक्षण दिने काम गरेको आरोप लाउदै पौडेलले यो सरकारको कथनी र करणीमा भिन्नता भएको बताए । प्रेस स्वतन्त्रता लोकतन्त्रको आधार स्तम्भ भएपनि वर्तमान सरकार प्रेसलाई नियन्त्रणमा राख्ने दाउमा लागेको आरोप लाउदै पौडेलले भने ‘पुर्ण प्रेस स्वतन्त्रता बिना लोकतन्त्रको परिकल्पना गर्न सकिदैन् तर यो सरकार मिडिया काउन्सिल विधेयक ल्याएर प्रेसका घाँटी निमोठ्ने र मानव अधिकार आयोग विधेयक ल्याएर मानव अधिकार हनन गर्ने दाउमा छ ।’
संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई वर्तमान सरकारले नै कमजोर बनाएको नेता पौडेलले बताए ।नेकपाबाट निर्वाचित प्रधानमन्त्री र मन्त्रीहरु नयाँ राजा बन्ने अभियानमा लागेको र उनीहरुका प्रवृति हेर्दा राजाको छनक दिने खालका भएको पौडेलले उल्लेख गरे ।

अर्को प्रसंगमा नेता पौडेलले देश बाहिरबाट मन्त्रिपरिषद बैठक सञ्चालन गर्नु संविधान विपरीत भएको बताए । पौडेलले सरकार सञ्चालन बाहिरबाट गर्न सक्ने कुरा संविधानले परिकल्पना नगरेको र सरकारलेनै संविधान कुल्चिँदै अघि बढेको दाबी गरे ।
कार्यक्रमलाई नेपाली कांग्रेस बैतडी जिल्ला सभापति नरेन्द्र सिह थापा,उपसभापति चतुर बहादुर चन्द,पाट्न नगरपालिका मियर केशव बहादुर चन्द्र ,बिद्यार्थी नेताहरु बलदेव तिमल्सिना ,सुसिल भट्ट महिला सघ जिल्ला अध्यक्ष देबु ढकुन्ना लगायतले सम्बोधन गरेको विद्यार्थी नेता देब महराले बताए ।








