सुनको मूल्य घट्यो,तोलामा कति पूग्यो ?



काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सुनको मूल्य तोलामा ६०० रुपैयाँ घटेको हो ।

महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७३ हजार ५०० रुपैयाँ कायम भएको छ । यसअघि आइतबार छापावाल सुन तोलामा १ लाख ७४ हजार १०० रुपैयाँ कायम भएको थियो ।

यस्तै चाँदीको मूल्य भने आज स्थिर रहेको छ ।

आइतबार तोलामा १ हजार ९८० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार पनि सोही मूल्यमा कारोवार भैइरहेको छ ।

प्रकाशित मिति : चैत्र ११, २०८१ सोमबार  ११ : ०६ बजे