ग्लोबल मनि विक २०२५ : एभरेष्ट बैंकद्वारा देशभर वित्तीय साक्षरता कार्यक्रम सम्पन्न



काठमाडौं । एभरेष्ट बेैंकले ग्लोबल मनि विक २०२५ को उपलक्ष्यमा देशभर वित्तीय साक्षरता कार्यक्रमहरु सम्पन्न गरेको छ ।

बैंकले ७ वटै प्रदेशका विभिन्न शाखा मार्फत देशभर वित्तीय साक्षरता कार्यक्रमहरु सम्पन्न गरेको हो ।

विभिन्न स्कुल/क्याम्पसहरुमा वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरी झण्डै ३००० हजार भन्दा बढी विद्यार्थीहरुबिच वित्तीय साक्षरता सन्देश दिन सफल भएको बैंकले जनाएको छ । उक्त कार्यक्रममा केही विद्यार्थीहरुलाई बैंकको शाखा समेत अवलोकन गराई बैंकले दिने सेवा सम्बन्धि जानकारी गराईएको छ ।

कार्यक्रमहरुमा युवाहरुमा वित्तीय ज्ञान, सीप, मनोवृत्ति, वित्तीय समावेशीकरण,वित्तीय सचेतना, सुरक्षित डिजिटल कारोबार, बैंकहरुले दिने सेवा र यसमा अपनाउनु पर्ने सावधानीका विषयहरुमा सचेतना कार्यक्रम आयोजना गरिएको थियो ।

पंजाब नेशनल बैंक भारतसँग संयुक्त साझेदारमा स्थापित एभरेष्ट बैंकमा हालसम्म करिब १४ लाखभन्दा बढी ग्राहक संख्या रहेका छन् ।

देशैभरीे १३१ शाखा संजाल, ४ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालयहरु, १६७ एटीएम मार्फत बैंकले सेवा दिदै आएको छ । विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र एसएमएस बैंकिङ सुबिधा प्रदान गर्दै आइरहेको यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट सेवा दिँदै आइरहेको छ ।

प्रकाशित मिति : चैत्र १२, २०८१ मंगलबार  ११ : ३५ बजे